अहिलेका


सुकेनास र फुकेनासको उपचार थलो : जहाँ बलियोबाङ्गो बनाइन्छ

अनिल/शिवेन्द्र
जनकपुरधाम, पुस ३ गते ।
शरीरको आवश्यकता र पोषक तत्वसहितको आहारबीच सन्तुलन नहुँदा कुपोषित हुने बालबालिकाहरूको सँख्या मधेसमा उल्लेख्य छ । बालबालिकाको वृद्धि, विकास र मृत्युदर घटाउने शिशु तथा बाल्यकालीन पोषणसँग सम्बद्ध थुप्रा योजना सरकारले सञ्चालन गरे पनि तिनको अपेक्षित सकारात्मक प्रभाव र परिणाम प्राप्त हुन सकिरहेको छैन ।

प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा.प्रमोदकुमार यादवले जन्म लिने बच्चको करिब ४० प्रतिशतमा विभिन्न कारणबाट कुपोषण हुने सम्भावना रहेको बताए । ‘यो आँकडा चिन्ताजनक छ । बालबालिकाको शारीरिक र मानसिक विकास अवरुद्ध हुनेगरी कुपोषणले पखेँटा फिँजाउनु देशकै स्वास्थ्यका लागि अनुकूल स्थिति होइन,’ डा.यादवले थपे ।

तस्बिर : प्रतीकात्मक/अनिल

दुई वर्षमुनिका बालबालिकाहरूमा शारीरिक तथा मानसिक विकास तीव्रतर हुन्छ । यसै अवधिमा त्यस उमेर समूहका बालबालिकाको दिमागको ८० प्रतिशत भागको विकास भइसकेको हुन्छ । यस समयमा बालबालिकाको वृद्धिविकास अवरुद्ध भएमा त्यसलाई जीवनपर्यन्त सुधार गर्न सकिँदैन ।

जिल्ला स्वास्थ्य कार्यालय धनुषाका जनस्वाथ्य अधिकृत रामबाबु ठाकुरले बालबालिकाको स्वास्थ्यमा दूरगामी असर पर्ने कुपोषण हटाउन स्तनपान र सक्रिय खुवाइमा ध्यान दिन सकिएको बताए । उनले मातृ, शिशु र बाल्यकालीन पोषणमा कमी ल्याउन सामाजिक र साँस्कृतिक व्यवहारका साथै नीतिगत अस्पस्टता समेत कारक रहेको जानकारी दिए ।

शरीरलाई शक्ति प्रदान गर्ने तथा शरीरको तापक्रम व्यवस्थापन गर्ने, शरीर निर्माण तथा मर्मतसम्भार गर्ने, थप शक्ति दिने, रोग प्रतिरोधात्मक क्षमता बढाउने कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन आदि पौष्टिक तत्व सन्तुलित ढंगले नखुवाइँदा बालबालिकामा न्यून पोषणको स्थिति देखिने गरेको छ । सन्तुलित आहारमा ती जम्मै पोष्टिक तत्व प्राप्त हुने स्रोतको सम्मिश्रण र समय तालिका रहेको छ ।

शरीरलाई शक्ति प्रदान गर्ने तथा शरीरको तापक्रम व्यवस्थापन गर्ने, शरीर निर्माण तथा मर्मतसम्भार गर्ने, थप शक्ति दिने, रोग प्रतिरोधात्मक क्षमता बढाउने कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन आदि पौष्टिक तत्व सन्तुलित ढंगले नखुवाइँदा बालबालिकामा न्यून पोषणको स्थिति देखिने गरेको छ । सन्तुलित आहारमा ती जम्मै पोष्टिक तत्व प्राप्त हुने स्रोतको सम्मिश्रण र समय तालिका रहेको छ ।

प्रादेशिक अस्पतालका निर्देशक डा.यादवले अन्न, कन्दमूल, जरा, गेडागुडी, दलहन, तेलहन, दुध र दुधबाट बनेका पदार्थ, माछामासु, अण्डा, हरिया सागसब्जी र फलफुल प्रशस्त र सजिलै पाइने मधेसमा बालबालिका कुपोषित हुनु भनेको सन्तुलित आहारका बारेमा जानकारी अभाव र हेलचेक्रयाइँ नै भएको दाबी गरे । उनले भने, ‘घरबारीमै उपलब्ध सस्ता कृषिजन्य उत्पादनबाट सन्तुलित आहार बनाउन सकिन्छ । जसबाट बालबालिकामा कुपोषण हुने जोखिम टार्न सकिन्छ । तर मधेसमा बालबालिका कुपोषित हुने स्थितिले सबैखाले पौष्टिक आहारको स्रोत नपाइने ठाउँका व्यक्तिका लागि पनि उदेकलाग्दो छ ।’

स्वास्थ्यसम्बन्धी जटिलतासँगै कडा शीघ्र कुपोषित बालबालिकाका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पोषण पुनसर््थापना गृह सञ्चालनमा छ । दस बेडको सो पुनसर््थापना गृहले गत दस वर्षयता कुपोषित बालबालिकाको संस्थाजन्य उपचार गर्दै आइरहेको छ ।
पुनसर््थापना गृहका प्रबन्धक किरण यादवका अनुसार निमोनिया, डायरिया, क्षयरोग, मुटुमा प्वाल भएका आदि स्वास्थ्य जटिलतासँगै कडाखाले कुपोषणका शिकार भएका बालबालिकालाई भर्ना गरेरै पुनसर््थापना गृहमा उपचार गरिँदै आएको जानकारी दिइन् । उनले महिनामा दुई सयभन्दा बढी बालबालिकालाई गृहमा उपचार गरिने तथा हाराहारी सोही सँख्यामा प्रभावित बालबालिकाको स्वास्थ्य सुधारका लागि परामर्श दिइने गरिएको बताइन् ।

गृहमा उपचारका लागि भर्ना हुने बालबालिकाहरू तथा तिनका आमालाई निःशुल्क भोजनको व्यवस्था गरिन्छ । गृहमा सामान्यतया नवजात शिशुदेखि लिएर पाँच वर्षसम्मका कुपोषित बच्चाको उपचार गरिन्छ । तर, जटिलताका आधारमा १८ वर्षसम्मलाई समेत उपचार गरिएको प्रादेशिक अस्पतालका निर्देशक डा.यादवले बताए ।

उपचारका लागि प्रादेशिक अस्पतालको बहिरंग विभाग, सामुदायिक स्वास्थ्य संस्था, विभिन्न जाँचपड्ताल केन्द्र आदिबाट कडा खालका कुपोषित भनी पठाइएका बालबालिकाहरूको उपचार पुनसर््थापना गृहमा गरिन्छ ।

‘सही तत्व, मात्रा र समयका आधारमा हामीले स्थानीय आहारबाटै बिरामीको उपचार गरिरहेका छौं । भर्ना भएका बेला र उपचार सकेर जाँदाका तस्बिरले नै बिरामीको स्वास्थ्यस्थितिमा आएको सुधार हेर्न सकिन्छ,’ गृहका प्रबन्धक किरणले केही उपचार गराइसकेका बिरामीका फोटा देखाउँदै भनिन् । सञ्चालनमा आएयता पुर्नस्थापना गृहले दुई हजारभन्दा बढी कुपोषित बालबालिकाको आवासीय उपचार गरिसकेको छ ।

पुनसर््थापना गृहमा उचाइअनुसार तौल लिएर कुपोषणको प्रकृति छुट्याउने गरिन्छ । त्यस आधारमै बिरामीको उपचार हुन्छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!