अहिलेका


सुजिता बस्नेत बनिन् मिस युनिभर्स नेपाल

काठमाडौं, १४ कात्तिक ।

१५ प्रतियोगीलाई उछिन्दै ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले हासिल गरेकी छिन् ।

शनिबार साँझ ‘मिस युनिभर्स नेपाल २०२१’ को ग्रयान्ड फिनालेमा उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्याएकी थिइन् ।

मिस युनिभर्स नेपाल २०२१ भएकी बस्नेतले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

कार्यक्रममा फस्ट रनरअप निनाकान्ता मण्डल, सेकेन्ड रनरअप रक्षा उप्रेती, थर्ड रनरअप प्रतीक्षा महरा क्षेत्री र फोर्थ रनरअप डा. केशु खड्का घोषित भए ।

प्रतियोगिताका निर्णायकमा गायिका इन्दिरा जोशी, मानषी अग्रवाल, सरिता ज्ञवालीलगायत थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!