अहिलेका


सुज अभियानले पार्टी जीवन्त हुने : नेता साह

सप्तरी, १७ असोज ।
प्रदेश २ सरकारका अर्थमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता शैलेन्द्रप्रसाद साहले पार्टीको संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियानले पार्टीका नेताकार्यकर्ताहरूमा सैद्धान्तिक र वैचारिक पुनतार्जगी गराएको बताएका छन् ।

सप्तरीस्थित आफ्नो निर्वाचन क्षेत्रको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा उनले संगठन सिद्धान्त, विचार र कार्यक्रमबाट जीवन्त तथा गतिशील हुने हुँदा सुज अभियानले पार्टी संगठन विस्तारित र प्रभावशाली बन्ने आधार खडा गरेको प्रस्ट्याए ।


नेता साहले भने, ‘पछिल्लो समयमा पार्टी र नेतृत्वप्रति लक्षित गरी अनुचित र अनर्गल प्रचार गर्ने तत्वहरू सलबलाएका छन् । सुज अभियानले ती तत्वहरूले छरेका भ्रम चिर्न सफल भएको छ ।’

पार्टीको सांगठनिक स्वरूप, कार्यविभाजन र पार्टी तथा सत्ता सञ्चालनका माध्यमले जनताका आकांक्षा सम्बोधन गर्ने सबालमा पनि सुज अभियानअन्तर्गत गहन छलफल र तार्किक निष्कर्ष आइरहेको नेता साहको निष्कर्ष छ ।

कार्यक्रममा पार्टीका युवा नेता अशोककुमार यादवलगायतको सहभागिता थियो ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!