अहिलेका


सुनचाँदी व्यवसायीहरु एकत्रित हुनुपर्नेमा जोड

जनकपुरधाम, २३ असो ।

जनकपुरधाम बजारमा सुनचाँदै बजारलाई थप व्यवस्थित पार्नुपर्ने आवश्यक्ता रहेको सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।

नेपाल सुनचाँदी व्यवससायी संघ धनुषाको साधारणसभाको उद्घाटन सत्रमा बोल्दै सुनचाँदी व्यवसायीहरुले सुनचाँदी व्यवसाय अझै व्यवस्थित हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । व्यवसायीहरुले यसलाई थप व्यवस्थित गर्न तर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपाल सुनचाँदी व्यवसायी संघ प्रदेश २ का अध्यक्ष रामजी साहले सुनचाँदी व्यवसायीहरुमा देखिएको आपसी कटुतालाई अन्त्य गरि अगाडी बढ्न आग्रह गरे । उनले यस व्यवसायमा चुनौती रहेको स्वीकार गर्दै भने– चुनौतीलाई समाधान गदै अघि बढ्नका लागि सबै एक जुट हुनुपर्ने आवश्यकता छ ।

त्यस्तै जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले सुनचाँदी व्यवसायमा लागेका व्यापारीहरुको पीडा समाधान गर्नका लागि आफूहरु सदैव तत्प रहेको बताए । उनले सुनचाँदी व्यवसाय बाहिरबाट जति आकर्षक देखिएपनि यसलाई संचालन गर्न निक्कै चु
नौतीपूर्ण रहेको बताए । सुनचाँदी व्यवसायमा देखिएका समस्याहरुलाई समाधान गर्नका लागि संघसंग समन्वय गर्न आफूहरु तयार रहेको उनले बताए ।
साधारण सभा नेपाल सुनचाँदी व्यवसायी संघ धनुषाका अध्यक्ष अमित गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो ।

साधारणसभाको उद्घाटन सत्र समापनपछि बन्द सत्र हुने सुनचाँदी व्यवसायी संघ धनुषाका अध्यक्ष अमित गुप्ताले जानकारी दिए ।

साधारण सदस्य थपघटको विषयमा छलफलपछि बन्दसत्रलाई औपचारिकता प्रदान गरि नयाँ कार्यसमिति चयन गरिने उनको भनाइ छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!