जनकपुरधाम, २९ कात्तिक ।
धनुषाको हँसहपुर नगरपालिकामा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत वीच विवाद चर्किएको छ ।
कर्मचारी खटनपटनमा जनप्रतिनिधिलाई वेवास्ता गरेपछि नगरप्रमुखले प्रश्न उठाउँदा प्रमुख प्रशासकीय अधिकृतले नगरप्रमुखले धम्कीसहित दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।
कर्मचारी खटनपटन विषयलाई लिएर नगर प्रमुख रामज्ञान मण्डलले आफुलाई दुव्र्यवहार गर्दै ज्यानमार्ने सम्मको धम्की दिएको आरोप प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीले बताए ।
हँसपुर नगरपालिकाको विभिन्न शाखामा कर्मचारी सरुवा तथा भर्ना गर्ने आफ्नो अधिकार प्रयोग गर्दा नगर प्रमुख मण्डलले बाहिरका मान्छे लगाएर उनकै उपस्थितिमा गाली गलौज गर्दै कुटपीट गर्न खोजेको र ज्यान मार्नेसम्मको धम्की दिएको प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीले लगाएका छन् ।
आइतबार नगर प्रमुख मण्डलले केहि केटाहरु लगाएर आफुलाई गाली गलौज गर्दै ज्यान मार्ने धमकी दिएकाले आफु निकै डराएको समेत बताए । उनले भने, ‘मलाई नगरपालिकाको कार्यालयमा काम गर्न डर लागेको छ, कुन बेला कसले कुट्ला निकै डराएको छु, भयभित हुँदै काम गर्नुपरेको छ ।’
आइतबार कार्यालय समय पुगेका प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाइ नगर प्रमुख मण्डलले आफ्नो कार्यकक्षमा बोलाएर गाली गलौज गर्दै धम्की दिएको प्रशासकीय अधिकृत अधिकारीले बताए ।
आइतबार आएपनि उनी भने सोमबार नगरप्रमुख मण्डलकै भयत्रासका कारण असहज भएको भन्दै कार्यालयमा नगएको उनले बताए ।
प्रशासकीय अधिकृत अधिकारी साउन महीनामा पालिकामा आउँदा हाजिरी समेत गर्न नदिएको र पछि अदालतको आदेशमा कार्यालयमा हाजिरी भएपछि नगर प्रमुख मण्डलले हाजिर हुन दिएका थिए । तर सोही बेला देखि कार्यालयको कामकाजमा नगर प्रमुख मण्डलले समस्या गर्दै आएको उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृत अधिकारीले पालिकाको प्रशासन शाखा, योजना शाखा र जिन्सी शाखामा नयाँ कर्मचारी भर्ना गरेको विषयलाई लिएर समस्या उत्पन्न भएको स्पष्ट पारे ।
यता नगरप्रमुख मण्डलकै उपस्थितीमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई दुव्र्यवहारसहित धम्की दिएको भन्दै ललन यादव र सुजित कापड़ी माथि इलाका प्रहरी कार्यालय तारापट्टी र अस्थायी प्रहरी पोस्ट बेल्हिमा उजुरी समेत दिएका छन् ।
नगरप्रमुख मण्डल र प्रमुख प्रशासकीय अधिकृत वीचको लड़ाईले गर्दा हँसपुर नगरपालिकाको कार्यालयको कामकाज पूर्णरुपेण प्रभावित भएको छ ।
तर यता नगर प्रमुख मण्डलले कर्मचारी खटनपटन गर्दा आफुसंग समन्वय र सहकार्य नगर्दा आफु प्रमुख प्रशासकीय अधिकृतमाथि रिसाएको बताउँदै उनले तर सोही विषयलाई लिएर आफुले भने कुनैपनि किसिमको धाकधम्की तथा दुव्र्यवहार नगरेको बताए । उनले आफुमाथि लगाएको आरोप निराधा रहेको बताए ।
