अहिलेका


हत्यामा गरेको अभियोगमा २ जना पक्राउ


पुस ६,

मोरङ( कर्तव्य ज्यान हत्या कसुरमा संलग्न रहेको अभियोगमा रङ्‍गेली नगरपालिका(२ नहर टोल बस्ने ४६ वर्षीय सैनी उराउ र ३५ वर्षीया सङ्‍गीता उराउलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
रङ्‍गेली(२ नहर टोल बस्ने चन्द्र उराउकी २१ महिनाकी छोरी युनिसा उराउ मङ्सिर र २६ गते दिउँसो घरबाटै बेपत्ता भएकी थिइन्।
इलाका प्रहरी कार्यालय रङ्‍गेलीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा मङ्सिर २८ गते चन्द्रकै घर पछाडि पैनीमा गाडेको अवस्थामा युनिसाको शव फेला परेको थियो। घटनाको थप अनुसन्धानको क्रममा उक्त कसुरमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरु माथि जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान कसुरमा पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!