अहिलेका


हत्या आरोपमा धनुषाका एक वडाध्यक्षद्वारा आत्मसमर्पण

जनकपुरधाम, १२ असोज ।
हत्या अभियोगमा धनुषाका एक वडा अध्यक्षले आत्मसमर्पण गरेको छ ।

सडक विस्तारको क्रममा भएको विवादमा सबैला नगरपालिका वडा नम्बर ४ का स्थानीय सुमिन्त्रा देवी यादवको कुटपिट गरी हत्या गरिएको घटना आरोपमा सोही वडाका अध्यक्ष पथला भनिने कुशेश्वर ठाकुरले ईलाका प्रहरी कार्यालय सबैलामा आत्मसमर्पण गरेको हो ।
गत वैशाख १३ गते सडक विस्तारको गर्नका लाग जग्गाको सिमासाल खोजबिनको गर्ने क्रममा भएको दुई पक्षबीचको विवादमा सुमिन्त्रालाई कुटपिट गरी घाइते बनाइएको थियो । उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा उनको मृत्यु भएको थियो ।
सो घटनामा सुमिन्त्रा सहित स्थानीय रामचन्द्र बिराजी, रितिक यादव, दिपक यादव र रंजित यादव समेत गम्भीर घाइते भएका थिए । तर उपचारको क्रममा उनको मृत्यु थियो । मृत्यूपछि परिवारजनले वडा अध्यक्ष कुशेश्वर ठाकुर सहित १० जना विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरंगमै कर्तव्य ज्यान उद्योगमा मुद्दा दर्ता गराएको थियो ।
मुद्दाको अनुसन्धानको क्रममा मोरंग प्रहरीले सो मुद्दा धनुषाको इलाका प्रहरी कार्यालय सवैलालाई गत जेठ १६ मा पठायो । सो पत्रबारे वडाअध्यक्ष कुशेश्वर ठाकुरले जानकारी पाएपछि उनी आफै आत्मसमर्पण गर्न प्रहरी समक्ष हाजिर भएका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!