अहिलेका


हुलाकी राजमार्ग अन्तर्गत कमला पुल भासियो

जनकपुरधाम, ३ कार्तिक ।

हुलाकी राजमार्ग अन्तर्गत कमला नदीको पुल फेरी भासिएको छ ।

दुई दिन देखि लगातारको बर्षातले हुलाकी सडकको मेरुदण्ड मानिएको कमला नदीको पुलको अर्को स्पान भासिएको हो ।

बुधबार मध्यान्ह धनुषा जिल्लातर्फको ३ नम्बरको पिलर भासिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद बास्तोलाले जानकारी दिए ।

उनले भने, ‘पुलको पिलर भासिएको सूचना आएको छ, कमला सिंचाई आयोजना र सुरक्षाकर्मीलाई निरीक्षण गर्न भनेका छौं ।’
यसअघि यो पुलको एउटा स्पाम १७ असारको अविरल वर्षातको क्रममा भासिएको थियो । सिरहाको बसपिट्टा तर्फको यसअघि पुलको स्पान भासिएको थियो ।
हुलाकी सडक अन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला पुलको झण्डै ९९ प्रतिशत काम सम्पन्न भइसकेको थियो ।

धनुषा– सिरहा जोड्ने कमला पुल निर्माणको ठेक्का ०६८ मै पप्पु–लुम्बिनी जेभीले करिब २५ करोड रुपैयाँमा लिएको थियो ।

त्यसपछि लुम्बिनी बिल्डर्सले पुलका बाँकी काम सम्पन्न गरेको थियो ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!