अहिलेका


‘हेर्न नमिल्ने’ सुचीमा पूर्वमन्त्री आलमको रिट

काठमाण्डौँ, ८ असोज ।
पूर्वमन्त्री मोहम्मद आफताव आलमले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ आज पनि हुन नसक्ने भएको छ ।

उनले दायर गरेको रिट निवेदन माथि आज पेसी तोकिएपनि इजलासले ‘हेर्न नमिल्ने’ ठहर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिएकोमा सो रिट निवेदन ‘हेर्न नमिल्ने’ ठहर भएको हो ।

काँग्रेसका नेता समेत रहेका आलमलाई थुनामै राखेर सुनुवाइ प्रक्रिया अघि बढाउने गरी तल्लो अदालतले गरेको फैसलालाई चुनौती दिँदै आलमले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ परेका आलमलाई तल्लो अदालतले थुनामै राखेर सुनुवाइ प्रक्रिया अघि बढाउने आदेश दिएपछि आलमले धरौटीमा रिहा हुन माग गर्दै रिट निवेदन दिएका हुन् ।

उनको रिटमा यसअघि पनि पटक पटक पेसी तोकिएपनि सुनुवाइ भने हुन सकेको थिएन ।

करिब १४ वर्षपूर्व रौतहटको राजपुर फरहदवामा भएको बम काण्डमा आलमलाई मुख्य आरोपित बनाइएको छ । उनी रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका थिए । पक्राउ परेपछि उनको सांसद पद निलम्बित छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!