जनकपुरधाम, ५ मंसिर ।
प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्ला तथा एकाइमा कार्यरत २२ प्रहरी उपरीक्षकको सरुवा तथा पदस्थापन गरेको छ ।
धनुषाका एसपी प्रकाश रानाभाटलाई सरुवा गरी प्रहरी प्रधान कार्यालय कानुन शाखाका एसपी वसन्त रजौरेलाई धनुषामा पदस्थापित गरेको छ ।
एपसी रजौरे केही दिनअघि नै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुखमा काजमा खटिएका थिए ।
