अहिलेका


२७ लाखलाई भिटामिन ‘ए’ र २४ लाखलाई जुकाको औषधि खुवाइँदै

काठमाडौं, ७ कात्तिक ।

सरकारले आइतबारदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज र भोलि दुई दिन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभागको पोषण शाखाका प्रमुख प्रमुख डा.केदार पराजुलीले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि सबै जिल्लामा सामग्री पठाइसकिएको भन्दै आवश्यक सबै तयारी पनि पूरा भएको बताए ।

यसवर्ष भिटामिन ‘ए’ २७ लाख बालबालिकालाई खुवाइने छ भने जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइनेछ ।

मन्त्रालयले एक सूचना जारी गर्दै बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन जाँदा आवश्यक स्वास्थ्यका मापदण्डलाई पालना गर्न पनि आग्रह गरेको छ ।

सरकारले हरेक वर्ष ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्ष देखि ५ वर्षको बालबालिकालाई जुकाको औषधि खुवाउँदै आएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!