अहिलेका


साइकल यात्री रामप्रसादः पर्यावरण प्रदूषण रहित जनचेतना अभियान

जनकपुरधाम, २६ असोज ।

टन्टलापुर घाम हुँदै एक भारतीय नागरिक दशैँ तिहारको बेलामा नेपाल–भारत भ्रमणमा व्यस्त छन् ।
भारतको बंगाल स्थित कोलकत्ता २४ परगना बस्ने रामप्रसाद नस्कर अहिले काठमाण्डौँ पुग्दैँछन् ।
उनी पर्यावरण प्रदूषण सम्बन्धमा जनचेतना तथा जनतालाई जागरुक्क पार्नका लागि साइकल यात्रामा निस्केको बताउछन् ।
पर्यावरण प्रदूषण रहित अभियानमा सक्रिय रहेका रामप्रसाद नस्करले भने– ’नदी नाला बचाउ, रुख बिरुवा जोगाऔं’ भन्ने सन्देश लिएर भारतको कोलकत्ता हुँदै पछिल्लो डेढ महिनादेखि नेपाल–भारतको यात्रामा जनकपुरधाम हुँदै काठमाण्डौँ पुग्नेछु ।
भारतको कोलकत्ताबाट साइकल यात्रा गर्दै रामप्रसाद दिल्ली, युपी, विहारको पटना, सिलिगुडी हुँदै काकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका रामप्रसाद नस्करले कोशी, कमलाको अवलोकन भ्रमण तथा सचेतना फैलाउँदै जनकपुरधाम हुँदै काठमाण्डौँ सम्म पुग्ने लक्ष्य लिएका छन् । २० सेप्टेम्बरमा कोलकत्ताबाट निस्किएका उनी जनकपुरधाम हुँदै काठमाण्डौँ र काठमाण्डौँ हुँदै मुक्तिनाथ, पोखरा, लुम्बिनी हुँदै पुनः भारत फर्किने उनले बताए ।
कोलकत्तामै शिक्षक पदमा कार्यरत रहेका रामप्रसादले युवा सेवा एवंं खेल विभागबाट प्रदूषण कंट्रोल बोर्डको अनुमतिमा ग्लोबल वार्मिङ्गंको लागि साईकल यात्रा शुरु गरेको बताए । प्रदूषण कन्ट्रोल बोर्डसँगको सहकार्यमा पर्यावरण प्रदूषण रोक्न खाली ठाउँमा वृक्षारोपण गर्ने तथा उमेर नपुगेका रुख विरुवा कटानमा रोक लगाउने सन्देश लिएर उनी अहिले यात्रामा छन् ।
उनले भने– गंगा, कोशी, कमला, बागमति, गण्डकी जस्ता नदीनालाहरु प्राकृतिक सम्पति हो, यस प्रकारको प्राकृतिक सम्पतिबाट कोरोडौं मानिसले लाभ लिन्छन, तर दिनानुदिन प्रदूषित र दृषित हुनबाट रोक्न सरकारसँगै आम नागरिक समेत अघि बढ्नुपर्छ भन्ने सन्देशका साथ म साईकिल यात्रामा पटक–पटक निस्किन्छु । उनले अघि थप्दै भने– मेरो यात्राबाट केही मानिसले समेत प्रकृतिको सम्मान गर्न सिक्छ भन्ने त्यो मेरो लागि ठुलो कुरा हुनेछ,’ नस्करले भने, ‘यात्राको क्रममा पानीमा प्रदूषण, प्लास्टिकको उपयोगको साथै बोटबिरुवा काट्ने गरेको र यसले देशलाई अत्यधिक नोक्सान रोक्न तथा जागरुकता जगाउन देश विदेशको भ्रमणमा निस्किन्छु, यसले थोरै भएपनि वातावरणमा सहयोग मिल्यो भने म हर्षित हुन्छु । उनले भने– साइकल यात्राले मेरो स्वास्थ्य समेत स्वास्थ रहने हुनाले पनि यस अभियानलाई अगाडी बढाउँदैँ लगेको हुँ ।
यसअघि उनले बंगलादेशसहित भारतको झारखण्ड, उड़ीसा, छत्तीसगढ़, महाराष्ट, आन्ध्र प्रदेश, कर्नाटक, केरल, पांडिचेरी, कन्याकुमारी, गोवा, गुजरात, भोपाल, राजस्थान, दिल्ली, जम्मू कश्मीर, चंडीगढ़, पंजाब हरियाणा, हिमाचल प्रदेश, उत्तराखंड, लखनऊ, इलाहाबादसहितको यात्रा गरिसकेको बताए ।
उनी प्रत्येक दिन सय देखि १ सय ५० किलोमिटर सम्मको यात्रा तय गर्छन् । बाटोघाटो बस्नेदेखि खानेसम्मको व्यवस्था आफै गर्ने र केही स्थानहरुमा सहयोग समेत पाउने गरेको उनले बताए ।
उनी आज काठमाण्डौँ पुगेका छन् । काठमाण्डौँबाट मुक्तिनाथको यात्रा हुँदै आफ्नो गनतव्यसम्म पुगेर पर्यावरण प्रदूषण रहित मुलुक बनाउनका लागि जनचेतना जागृत गर्न अभियान थालेका हुन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!