अहिलेका


लोकसेवा आयोगलाई गाली गर्ने एक परीक्षार्थी कालोसूचीमा

जनकपुरधाम, ३१ असोज ।

प्रदेश २ लोकसेवा आयोगलाई गालीगलौज गर्ने एक परीक्षार्थीलाई सूचना जारी गर्दै कालोसूचीमा राखेको जनाएको छ ।

प्रदेश लोकसेवा आयोगले इमेल मार्फत तथानाम गालीगलौज गरेको भन्दै महोत्तरी एकडाडा गाउँपालिका स्थित बथनाहा बस्ने प्रनित कुमार झालाई एक सूचना प्रकाशित गर्दै एक वर्षका लागि कालोसूचिमा राखिएको आयोगले जनाएको हो ।

कर्मचारी भर्नाको लागि आयोगले निकालेको विज्ञापनमा अनलाइन मार्फत प्रनित कुमार झाले दरखास्त दिने क्रममा केहि प्रमाणपत्र पेस गरेका थिएनन् । प्रमाण अपुग रहेको भन्दै आयोगले इमेल मार्फत जवाफ माग गरेको थियो ।

तर परीक्षार्थी झाले आयोगको इमेलको जवाफ दिँदै अपशब्द गालीगलौज गरेको प्रदेश लोकसेवा आयोगले जनाएको छ ।

उनलाई कालो सूचिमा राखेर कारबाही गरेको भनि प्रदेश लोकसेवा आयोगले असोज ६ मै सूचना प्रकाशन गरेको थियो ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!