अहिलेका


क्रान्तिकारी माओवादीका महासचिव किरण अस्पताल भर्ना

काठमाडौं, ३१ असोज ।


नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि महासचिव किरणलाई आइतबार नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

पारिवारजनका अनुसार किरणलाई दम बढेर छातिमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

अस्पताल भर्नालगत्तै उनको छातिको एक्सरे गरिएको छ ।

अस्पतालको अनुसार उनको छातिमा सामान्य दाग देखिएको छ । नेता किरण लामो समयदेखि दमबाट पीडित छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!