अहिलेका


सप्तरीका १८ वटा स्थानीय तहमा धानबालीमा क्षति

सप्तरी, ३ कार्तिक ।

निरन्तर वर्षातका कारण सप्तरीका १८ वटा स्थानीय तहमा धानबालीमा क्षति पुगेको छ ।

जिल्लाको दक्षिणी क्षेत्रका छिन्नमस्ता, तिलाठी कोइलाडी गाउँपालिका सहित पश्चिमी भेगका बलान विहुल, राजगढ गाउँपालिका, बोदे बरसाइन, डाक्नेश्वरी नगरपालिका, र पूर्वी भेगका हनुमाननगर कङ्कालिनी नगरपालिका क्षेत्रमा धानबालीलाई पानीले बढी क्षती पुगेको हो ।

कृषि ज्ञान केन्द्रले दिएको जानकारी अनुसार यसवर्ष जिल्लाको ६८ हजार हेक्टरमध्ये ६३ हजार हेक्टरमा धानबाली लगाइएकोे थियो ।
वर्षाले साथ दिँदा सतप्रतिशत रोपाइँ भएकाले केन्द्रले जिल्लामा धान उत्पादन बढ्ने अनुमान समेत गरेको थियो ।
आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण उत्पादनमा करिब २० प्रतिशत क्षति पुग्ने जनाइएको छ । पाकेको धानबालीमा पानी जमेर नष्ट हुँदा किसान मर्कामा परेका छन् ।
ठूलो मिहिनेत र लगानी गरेको धानबाली भित्राउने बेलामा पानीमा डुबेर खेतमा धान झरेर टुसा उम्रिने भएपछि उनीहरु निरास भएका छन् ।
छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ बस्ने कृषक दीपेन्द्र यादवले खेतमा पानी जमेपछि काटेको धान डुबानमा परेकोे बताए ।

हावाहुरी र वर्षाको कारण खेतमा पाँजा लगाएको धानसमेत उठाउन नपाएकोमा किसानहरुको दुखेसो छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!