अहिलेका


काँग्रेस सभापति प्रत्याशी निधिले भेटे प्रधानमन्त्री देउवा

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दुवै नेताबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा उपसभापति निधिले प्रधानमन्त्रीसमेत रहेका देउवालाई जनकपुर–जयनगर रेल्वे तत्काल सञ्चालनका लागि सरोकारवाला निकायलाई निर्देशन दिन आग्रह गरेका छन् । उनले रेल्वे सञ्चालन र उद्घाटनका लागि प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएको बताएका छन् ।

साभार : द नेपाली पोस्ट

नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीद्वारा संयुक्त रूपमा रेल्वे उद्घाटनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई निर्देशन दिन उनले अनुरोध गरेका थिए ।

भारत सरकारको सहयोगमा बनेको रेल्वे सञ्चालनका लागि नेपाल सरकारले दुई सेट रेल खरिद गरिसकेको स्मरण गराउँदै उनले लामो समय सञ्चालनमा नआउँदा बिग्रने अवस्थामा पुगेको भन्दै प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री देउवाले जनकपुर–जयनगर रेल्वे सञ्चालनको तयारी अघि बढाउनुपर्नेमा आफू सकारात्मक रहेको भन्दै तयारी अगाडि बढाउन आवश्यक निर्देशन दिने बताएको उपसभापति निधिले जानकारी दिए ।

साभार : आयोमेल डटकम


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!