विराटनगर, १५ कात्तिक ।
प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफनो पदबाट राजीनामा दिएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्नेक्रममा आफनो धारणा राख्दै आचार्यले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य प्रदेश १ को दोस्रो मुख्यमन्त्री बनेका थिए ।
एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । योसँगै एमाले नेतृत्वको ६ वटै प्रदेश सरकारको बर्हिगमन भएको छ ।
पाँच गठबन्धनले नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।
