अहिलेका


प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

जनकपुरधाम, १६ कात्तिक ।

प्रदेश १ सरकारको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई नियुक्त भएका छन् ।

मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

आज दिउँसो १ बजेसम्मका लागि दाबी पेश गर्न प्रदेश प्रमुख अधिकारीले दिएको समय सीमाअनुसार सोमबार नै राईले ४९ जना सांसदको समर्थनसहित आफ्नो दावी पेश गरेका थिए ।

सो समयावधि सकिएसँगै प्रदेश प्रमुख अधिकारीले प्रदेश १ को मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् ।

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले सोमबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

त्यसलगतै प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न मंगलबार १ बजेसम्मका लागि समय दिएका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!