अहिलेका


प्रधानन्यायाधीशले राजीनामा नदिए अपमानजनक बहिर्गमन ः नेता रामचन्द्र पौडेल

मकवानपुर, १६ कात्तिक ।

सत्तारुढ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदबाट राजीनामा नदिए अपमानजनक बहिर्गमन हुने चेतावनी दिएका छन् ।

मंगलबार वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बर्हिगमन हुने बताए ।

मकवानपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबराले केही दिन अघि आफ्नो सम्मानजनक बर्हिगमनको कुरा गरेको उल्लेख गर्दै त्यसका लागि छिटो राजीनामा दिनुपर्ने धारणा राखे ।

ढिलाई गर्दै गए उनको बर्हिगमन अपमानजनक हुने उनको भनाइ छ । प्रधानन्यायाधीशसँग सेटिङ गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदलाई ध्वस्त पारेको, संविधानको आत्मा माथि नै प्रहार गरेको आरोप लगाए ।

उनले जनताको न्यायको अन्तिम मन्दिरको रुपमा रहेको सर्वोच्च अदालत ध्वस्त हुने अवस्थामा पुगेको भन्दै चिन्ता समेत व्यक्त गरे ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!