जनकपुरधाम, २२ कात्तिक ।
भारतीय दूतावासले पशुपतिनाथदेखि काशीसम्म मोटरसाइकल ¥याली गर्ने भएको छ ।
नेपाल र भारतबीच धार्मिक साँस्कृतिक सम्बन्ध स्थापित गर्नका लागि नेपाल स्थित भारतीय दूतावासले पशुपतिनाथदेखि भारतको काशी विश्वनाथसम्म मोटरसाइकल र्याली गर्ने भएको हो ।
भारतीय दूतावासका अनुसार कात्तिक २५ बिहान पशुपतिनाथबाट मोटरसाइकल र्याली निस्कने जनाएको छ ।
भारतको उत्तर प्रदेशको बनारसमा रहेको काशी विश्वनाथ मन्दिरसम्म सो मोटरसाइकल र्याली पुग्नेछ । मोटरसाइकल ¥यालीमा नेपाल र भारतका गरी करिब ५० जना युवा रहने जनाएका छन् । यसमा अधिकांश नेपाली युवा नै रहने छन् । भारतका भने केही युवाहरु मात्र सहभागी हुने भारतीय दूतावासले जनाएको छ । कात्तिक २५ मा हिँडेको मोटरसाइकल र्याली २७ मा बनारस पुग्ने जनाइएको छ ।
नेपाल र भारतबीच सदियौंदेखि रहेको धार्मिक साँस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको भारतीय दूतावासले जनाएको छ । यो कार्यक्रमले दुई देश वीचको सम्बन्ध झनै बलियो हुने विश्वास भारतीय दूतावासले लिएको छ ।
