अहिलेका


आन्दोलनको बलमा राजसंस्था पुनःस्थापित गरिने अध्यक्ष लोहनीको भनाइ

जनकपुरधाम, २२ कात्तिक ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आन्दोलनको बलमा राप्रपाले राजसंस्था पुनःस्थापित गर्ने बताएका छन् ।
सोमबार मलंगवामा राप्रपा सर्लाहीको जिल्ला अधिवेशनमा बोल्दै डा. लोहनीले दलीय सिन्डिकेटले देशमा लुटतन्त्र र भ्रष्टाचार मौलाएको दावी गरे ।

प्रजातन्त्रको मुल आधार शक्ति सन्तुलन र नियन्त्रणको सिद्धान्तबाट नेपाली काँग्रेस तथा कम्युनिस्टहरु च्युत भएको जिकिर गर्दै लोहनीले प्रजातन्त्रको रक्षार्थ पनि राजसंस्था आवश्यक भएको तर्क गरे । राजसंस्था हिजोभन्दा आज झन् सान्दर्भिक देखिएको बताउँदै लोहनीले नेपाललाई हिन्दु राष्ट्र बनाउनबाट कसैले रोक्न नसक्ने जिकिर गरे ।

काँग्रेस, कम्युनिस्टसँगै मधेसवादी दलहरु समेत असफल भएको दावी गर्दै अध्यक्ष लोहनीले मुलुकको नेतृत्व राप्रपाले गर्नु पर्ने समेत बताए । अदालतको गाईजात्रा र निरीह संसदले प्रजातन्त्रको खिल्ली उडाएको बताउँदै लोहनीले यो व्यवस्थाको असफलताको लक्षण भएको समेत बताए ।

अर्को प्रशंगमा लोहनीले आउँदो महाधिवेशनले राप्रपालाई सही नेतृत्व दिने बताउँदै कार्यकर्ताले सही नेतृत्व चुन्नुपर्नेमा जोड दिए । सांसद राजेन्द्र लिंदेनलगायतका केन्द्रीय नेताहरु समेतको सहभागिता रहेको अधिवेशनले सत्य नारायण यादवको नेतृत्वमा ४१ सदस्य जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!