अहिलेका


गाउँपालिका अध्यक्ष चढ्ने सरकारी गाडी दुरुपयोग

जनकपुरधाम, २६ कात्तिक ।
सिरहाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष चढ्ने सरकारी गाडी दुरुपयोग गरेको भन्दै जनप्रतिनिधिले नै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

छठ पर्वको दिन अध्यक्ष जागेश्वर यादका आफन्त र उनका कार्यकर्ता चढेर रातको समयमा घुमिरहेको अवस्थामा देखेपछि स्थानीय जनप्रतिनिधि र स्थानीयवासीले नै बा २ झ ३६४३ नम्बरको स्कारपिओ नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएका थिए ।
सो गाडीमा पालिकाको कुनै कर्मचारी र जनप्रतिनिधि, ड्राईभरसमेत नभएकाले स्थानीयवासी र जनप्रतिनिधिले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताइएको छ ।
रातको समयमा बाटोमा दुई तीन पटक गाडी दौडाएपछि आफूहरुले रोकेर हेर्दा कर्मचारी र जनप्रतिनिधि कोही नभएपछि प्रहरीलाई खबर गरेर जिम्मा लगाएको एक जनप्रतिनिधिले जानकारी दिए ।
सिरहा प्रहरीले सो गाडी जनप्रतिनिधि र स्थानीयवासीले नियन्त्रणमा लिई आफूलाई जिम्मा लगाएको उनले बताए ।
इलाका प्रहरी कार्यालय विष्णुपुरमा राखिएको उक्त गाडी त्यहाँ राख्न सुरक्षित नहुने देखेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको सिरहाका सूचना अधिकारी तथा डिएसपी सुवास बुढाथोकीले बताए ।
गाउँपालिका अध्यक्ष जागेश्वर यादवले सो गाडी वडा अध्यक्ष कपिलदेव यादवले छठ घाट घुम्न लगेको बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!