अहिलेका


आज अक्षय नवमी, धातृ रुख मुनि भोजन गर्ने दिन

जनकपुरधाम, २७ कात्तिक ।

मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व धुमधाम साथ मनाइँदैछ ।

कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्परा अनुसार अक्षय नवमी पर्व आज मनाइँदै गरिएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने चाडवाड रहेको छ ।

यस पर्वमा कात्तिक शुक्ल नवमीका दिन अमला (धातृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ ।
यस पर्व विशेषमा आज विभिन्न गाउँनगर बस्तीमा बिहानैदेखि युवापंक्ति सामूहिक भोजनको तयारीमा जुट्ने गर्दछन् । यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रुखका फेदमा खानेकुरा पकाएर त्यही खाने चलन छ ।
पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित शाकाहारी खानेकुरा मात्र भोजमा पकाउने, खाने परम्परा छ ।
मिथिलामा आजको दिनलाई कुष्माण्डा नवमीसमेत भनिने गरिन्छ । यसै तिथिमा द्वापर युगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई सम्हार गरेर कंश वध गर्नपूर्व मथुरा, बृन्दावन र गोवद्र्धन पर्वत क्षेत्र परिक्रमा गरेका जनश्रुति रहेको साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउँछन् ।
कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रुखमा बस्ने धार्मिक विश्वास छ । अक्षय नवमीका दिन भगवान् विष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुख प्राप्त हुने मान्यता छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!