अहिलेका


बारामा पेस्तोलसहित एक जना पक्राउ

जनकपुरधाम, २७ कात्तिक ।
कटुवा पेस्तोलसहित एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा महागढीमाई नगरपालिका वडा नम्बर ५ बस्ने ३५ वर्षीय मनोजप्रसाद जैसवाल रहेको प्रहरीले जनाएको हो ।
जैसवाललाई बिहिबार राति खोपवा बजारबाट पक्राउ गरेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जनाए ।
उनको साथबाट एक थान पेस्तोल र एक राउण्ड गोली समेत बरामद भएको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।
प्रदेश–३–०२–०१०प ७१२३ नम्बरको मोटरसाइकलमा बसिरहेका जैसवालको तलासी गर्दा कम्मरबाट पेस्तोल बरामद भएको बारा प्रहरीले बताए ।
जैसवाललाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!