अहिलेका


दुई समुदायको विवादले उग्ररुप लिदाँ रुपैठामा झडप, प्रशासनद्वारा निषेधाज्ञा घोषणा

जनकपुरधाम, २७ कात्तिक ।
जनकपुरधाममा छठ पर्वमा अर्घ राख्नका लागि बनाउन लागेको घाटको बिषयमा विवाद हुँदा उग्ररुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

देवपुरा रुपैठा स्थित तेलिया पोखरीमा छठ पुजाको लागि घाट निर्माण गर्ने बिषयमा विवाद हुँदा झडप भएको थियो । सो क्रममा चार जना हिन्दु समुदायबाट घाइते भएको थियो ।
सोही विषयलाई लिएर शनिबार मुस्लिम र हिन्दु समुदाय वीच विवाद हुँदा उग्ररुप लिएपछि दुई समुदाय वीचको अवस्था निकै तनावपूर्ण बनेको छ । अवस्थालाई नियन्त्रणमा लिनका लागि प्रहरीले दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेका थिए भने झडपको क्रममा दुई जना प्रहरी सहित तीन जना घाइते भएका छन् ।
एक सशस्त्र प्रहरी, एक जनपद प्रहरी र एक जना महिला समेत गरि तीन जना घाइते भएका छन् भने प्रहरी तर्फबाट एक दर्जन भन्दा बढी अश्रुग्यास प्रहार गरिएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

हिन्दु मुस्लिम वीच भएको सो झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले एक दर्जन भन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो ।
अहिले रुपैठामा हिन्दु र मुस्लिम समुदाय विच झडप भइ रहेको छ भने जनकपुरधाम जटही सडक खण्ड पुर्णरुपेण प्रहरीले बन्द गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले भेला जुलुस, प्रदर्शन, घेराउ, र्याली, सभा जस्ता कृयाकलाप गर्न नपाउने गरी मिति ०७८ कार्तिक २७ देखि दिउँसो २ बजेदेखि कार्तिक २८ को राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको छ ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!