जनकपुरधाम, ३० कात्तिक ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउनका लागि उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई पदमुक्त गरेका छन् ।
मुख्यमन्त्री राउतले दुई दिनपूर्व राजिनामा गर्न दिएको निर्देशन मन्त्री रायले नमानेपछि मंगलबार उनलाई पदमुक्त गरेका हुन् ।मुख्यमन्त्री राउतले उनलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका छन् ।
उनलाई संविधानको धारा १६९ को उपधारा ३ को खण्ड ख बमोजिम उनलाई पदमुक्त गरेका छन् ।एकीकृत समाजवादीले सो उक्त मन्त्रालय दिने सहमति अनुसार नै रायलाई मन्त्रीबाट पदमुक्त छ ।
एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रदेश सरकारको तयारी छ ।
