अहिलेका


मुख्यमन्त्रीले सेनाका शिक्षार्थी अधिकृतलाई सुनाए सरकार गाथा

जनकपुरधाम, १३ मंसिर ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकार समाजिक रूपान्तरणको पहल गर्न अब्बल भूमिका निर्वाह गरिरहेको बताएका छन् ।

नेपाली सेना स्टाफ कलेजका शिक्षार्थी अधिकृतहरूसँगको अन्तरक्रियामा मुख्यमन्त्री राउतले सामाजिक संरचनाकै कारण अधिकांश क्षेत्रमा पछि परेको प्रदेशलाई समयसापेक्ष र प्रतिस्पर्धी बनाउन प्रदेश सरकार समाजिक रूपान्तरणलाई पहिलो प्राथमिकताका राखेको उल्लेख गरे ।

मुख्यमन्त्री निवासमा आयोजित समाजिक रूपान्तरणका लागि प्रदेशले चालेका कदमहरू अन्य प्रदेशका तुलनामा अब्बल रहेको उनको दाबी थियो ।
मुख्यमन्त्री राउतले समाजमा पछि पारिएका महिला, दलित, मुस्लिमलगायतका समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन प्रदेश सरकारले सुरु गरेका योजनाबारे जानकारी गराए ।

 

समाजिक रूपान्तरणका लागि चालिएका कदमहरूमा ‘बेटी पढाउ बेटी बचाउ’, ‘स्वच्छता अभियान’ , दलित सशक्तीकरण ऐन, जनसंख्याको अनुपातमा सरकारी निकायमा आरक्षण व्यवस्था आदि रहेको उनको कथन थियो ।

कार्यक्रममा नेपाली सेनाका शिक्षार्थी अधिकृतहरूले राखेका जिज्ञासामा मुख्यमन्त्री राउत र मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले आ–आफना धारणा राखेका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!