पुस ६,
काठमाडौं( सुनको सिक्री लुटेर भाग्दै गरेका तीन जना पेस्तोल र गोलीसहित पक्राउ परेका छन्।नवलपरासी पूर्व गैँडाकोट नगरपालिका(१६ अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भाग्दै गरेका तीन जनालाई एक थान पेस्तोल र चार राउण्ड गोलीसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेमा नवलपरासी पश्चिम रुपौलिया गाउँपालिका(१ बस्ने २२ वर्षीय राम बहादुर क्षेत्री, गैँडाकोट नगरपालिका(१४ बस्ने ३४ वर्षीय आशिष सुनार र नवलपरासी पश्चिम सुस्ता गाउँपालिका(९ बस्ने २० वर्षीय सञ्जय गुरुङ रहेका छन्।ती महिला पसलमा बसिरहेको अवस्थामा लु ४० प ८४३६ नम्बरको मोटरसाइकलमा आएका तीन जनाले हतियार देखाइ सुनको सिक्री लुटेर भाग्न खोज्दा रामबहादुरलाई स्थानीयले नियन्त्रणमा लिइ राखेका थिए। उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैँडाकोट र अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट खटिएको प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको थियो।अन्यको खोजी गर्ने क्रममा गैँडाकोट नगरपालिका(१४ स्थित भाग्दै गरेको अवस्थामा सञ्जय गुरुङको साथबाट उक्त हतियार फेला पारी सञ्जय र आशिषसमेतलाई पक्राउ गरेको हो।
