पुस,६
काठमाडौं मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार छापावल सुनको मूल्य तालोमा ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावल सुनको प्रतितोला मूल्य ९३ हजार ८ सय रुपैयाँ थियो ।मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
यस्तै सोमबार तोलामा एक हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य मंगलबार आज घटेर एक हजार २ सय ३५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
