रागिनी पण्डीत
पुस ७,सर्लाही
नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु सर्लाही क्याम्पस मलंगवाको क्याम्पस सम्मेलन सम्पन्न भएको छ।आज बुधबार सम्पन्न अनेरास्ववियुको दोस्रो क्याम्पस सम्मेलनबाट अध्यक्षमा धर्मेन्द्र यादव सहित उपाध्यक्षमा सुभाष यादव,सचिवमा अभिषेक झा ,स(सचिवमा चन्दन यादव,कोषाध्यक्षमा मनीषा मिश्रा लगायत ५१ सदस्यीय सर्लाही क्यामपस कमिटी गठन भएको अनेरास्ववियु जिल्ला कमिटी सर्लाहीका अध्यक्ष शमिमबाबु खानले जानकारी दिए।
