अहिलेका


सप्तरीको  कंचनपुरमा किशोरीलाई जबरजस्ती गरेको आरोपमा एक युवक पक्राउ

 


रागिनी पण्डीत
पुस ८

सप्तरीमा बाख्रा चराउन गएकी एक किशोरीलाई फकाएर जबरजस्ती गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।एक १६ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा सप्तरीको तिरहुत गाउँपालिका वडा न–५ बुदेवा निवासि २० वर्षीय मोअफजललाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरीका अनुसार सप्तरीको कंचनरुप नगरपालिका वडान–११ सिमरास्थित सुन्दरी खोला छेउमा बाख्रा चराउन गएकी ती किशोरीलाई अफजलले फकाई ज बजस्तीकरणी गरी फरार भएका थिए ।ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।यता सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको सप्तरी प्रहरीले जनाएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!