अहिलेका


मधेस प्रदेश नीति आयोगका उपाध्यक्ष महामुर्खबाट सम्मानित

प्रशोधक समाचारदाता / जनकपुरधाम, ४ चैत ।
मधेस प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झालाई शुक्रबार जनकपुरधाममा महामुर्ख उपाधिले सम्मान गरिएको छ । जनकपुरधामक्षेत्रको चर्चित संस्था मिथिला नाट्यकला परिषद्ले स्थानीय जानकी मन्दिर परिसरमा आयोजना गरेको महामुर्ख सम्मेलनको २६ औं संस्करणमा अर्थविद्समेत रहेका डा.झालाई सो सम्मान दिइएको हो ।

 

होलीका अवसरमा आयोजना हुने महामुर्ख सम्मेलनका यसअघिका संस्करणमा राजनीति, साहित्य, सँस्कृति, कला, उद्योगव्यापार लगायत फाँटका १७ जना अग्रणी एवम् ख्यातिप्राप्त व्यक्तित्वहरू महामुर्खको मानपदवीबाट सम्मानित भइसकेका छन् ।

सम्मान ग्रहण गर्दै डा.झाले प्रभाव र पहुँचका आधारमा बाँडिने पुरस्कार तथा सम्मान लिनका लागि भएका आग्रह जीवनमा अनेकपटक अस्वीकार गरेको स्मरण गर्दै महामुर्ख उपाधि आफ्ना लागि देशरत्नभन्दा कम्तीको नरहेको बताए ।

गत २६ वर्षयता मिथिलाक्षेत्रको साँस्कृतिक वैभव र जीवन्तताको उदाहरण बन्दै आएको महामुर्ख सम्मेलनका क्रममा सम्मानित हुनुलाई सामाजिक प्रतिष्ठा बढाइँको रूपमा लिइँदै आएको छ ।

महामुर्ख सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न उपाध्यायलाई वैशाख नन्दन(गद्हा), वरिष्ठ चिकित्सक डा.एसके सिँहलाई कफनचोर, उद्योगी प्रमोद चौधरीलाई बोतलानन्द, मिथिला लोकचित्रकार मिथिलेश्वरीदेवी कर्णलाई लालबुझक्किड(लालबुझक्कड), नाट्य निर्देशक रामरेखा पण्डितलाई बज्रकिट र धनुषाको बेलापट्टी सामुदायिक माविका प्रधानाध्यापक पवन मण्डललाई डपोरशङ्खको उपाधि दिइएको छ ।

यसैगरी नेपाल पत्रकार महासंघ धनुषाकी सभापति मनिका झालाई दिलतोरिया, अधिवक्ता सुदीप कोइरालालाई गोबरगणेश, चित्रकार मनिषा साहलाई गनकी (एकप्रकारको कीरा), राजनीतिकर्मी प्रकाशजंग राणालाई तरघुसका, युवा राजनीतिकर्मी राकेशविक्रम साहलाई टिटही र प्रदेशसभा सदस्य मञ्जु यादवलाई अगलबदलीको पदवी दिइएको छ ।

सम्मेलनमा होलीसँग जोडिएका धार्मिक तथा लोकगीत गायन, नृत्य, क्षणिका(प्रहसन), कविता वाचन आदि गरिएको छ ।

फूल, माला र अबिर राखिएको एउटा पोकालाई आयोजक संस्थाका कलाकारहरूले लुछाचुँडी गरी फ्याक्ने र त्यसबाट उछिट्टिएका सामग्रीले महामुर्ख सम्मेलन देखिने नौलो तथा रचनात्मक ढंगबाट सम्मेलनको उद्घाटन गरिएको थियो ।

सयौं दर्शकमाझ भएको सम्मेलनमा मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव, उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोलगायतको सहभागिता रहेको थियो ।

महामुर्ख सम्मेलनक्रममा प्रत्येक वर्ष केही नयाँ क्षेत्र र उपाधिको नाम थपिँदै गएको


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!