अहिलेका


गठबन्धन चुनावसँग मिलेर अघि बढ्न सक्छ कि सक्दैन भन्ने उपसभापति निधिको प्रश्न

जनकपुरधाम, १६ असोज ।

सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझैसम्म पूर्णता नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

शनिबार एक कार्यक्रममा पुर्वमन्त्री समेत रहेका उपसभापति निधिले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरूसँग माग गरेका हुन् ।

गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले ८१ दिन बित्दासमेत सरकारले पूर्णता नपाएकोमा दुःखसमेत व्यक्त गरे ।

उपसभापति निधिले भने- ‘मन्त्रीमण्डलले अझै पूर्णता नपाउनू भनेको सारै चिन्ता र दुःखको विषय हो । नेपाली काँग्रेस र गठबन्धन दलहरूको लागि पनि दु:खद रहेको उनको भनाई थियो ।

उनले भने- यो नेपाली काँग्रेस र सरकारमा सहभागी दलहरूको लागि मात्रै होइन पुरै नेपालको लागि यो चिन्ता र दुःखको विषय हो कि आजको मितिसम्म पनि सरकारले पूर्णता पाउन नसक्नू । त्यस कारणले अब नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र गठबन्धन दलका सबै दलका नेता र पदाधिकारीहरूसँग म के अनुरोध गर्न चाहन्छु भने अव धेरै ढिला भयो । अब धेरै पर्खन सकिँदैन ।

उपसभापति निधिले सरकारले पूर्णता पाउन अझै नसकेबाट सत्तारुढ गठबन्धन चुनावसँग मिलेर अघि बढ्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको टिप्पणी गरे । 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!