अहिलेका

पोखरीमा डुबेर महिलाको मृत्यु

अनिल यादव
रौतहट : सर्लाहीमा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।


बुधवार साँझ पोखरीमा डुबेर २१ वर्षीया अर्चना यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मलंगवा नगरपालिका–५ भाँडसरस्थित रामजानकी मन्दिरको सार्वजनिक पोखरीमा डुबेर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

भारतको सीतामढी जिल्ला ग्राम पञ्चायत जयनगर अररियामा घर भएकी यादव माइती घर मलंगवामा बस्दै आएकी थिइन् ।

लाशको जाँचप्रकृति मुचुल्का गरी प्रादेशिक अस्पताल मलंगवाको शवगृहमा राखिएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!