अहिलेका


सप्तरीमा एक महिला कर्मचारी मृत अवस्थामा फेला

सप्तरी, १९ असोज ।

सप्तरीमा एक महिला कर्मचारी मृत अवस्थामा फेला परेका छन् ।

Police line do not cross
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत्त एक महिला कर्मचारी आफ्नै कोठामा मृत फेला परेका हुन् ।

कम्प्युटर अपरेटर पदमा कार्यरत सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ की २६ वर्षीया रुवीकुमारी साफी आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएकी छन् ।

एक वर्षअघि रुबीका पति अस्पतालको फार्मेसीमा कार्यरत राजन साफीको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

पतिको मृत्यु भएपछि अस्पतालले रुबीलाई कम्प्युटर अपरेटर पदमा जागिर समेत दिएको थियो ।

घरझगडा सहन नसकेपछि आत्महत्या गरेको हुनसक्ने सप्तरीका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
थप अनुसन्धान भईरहेको सप्तरी प्रहरीले बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!