अहिलेका


‘लबका’ मन्त्रीहरूले लिए शपथ

जनकपुरधाम, २२ असोज ।

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच नवनियुक्त मन्त्रीहरुले शपथ लिएका हुन् ।

नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गठबन्धनका चार दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट मन्त्रीहरू नियुक्त गरेका थिए । देउवाले शुक्रबार १६ जना मन्त्री र २ जना राज्यमन्त्री नियुक्त गरेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

दोस्रो पटक भएको प्रतिनिधिसभा विघटन बदरसहित सर्वोच्च अदालतले गत असार २८ गते परमादेश जारी गरेपछि प्रधानमन्त्री नियुक्त भएका देउवाले झन्डै ३ महिनापछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!