अहिलेका


अध्यक्ष उपेन्द्र यादव विरुद्ध प्रदीप यादवका समर्थकद्वारा प्रदर्शन सहित पुत्ला दहन


जनकपुरधाम, २३ असोज ।

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकर्ताहरूले शनिबार पनि केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको विरुद्धमा प्रदर्शनसंगै पुत्ला दहन गरेका
छन् ।
सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै उनका आक्रोशित समर्थकहरूले पर्साको सदरमुकाम वीरगञ्जमा अध्यक्ष यादवको पुतला जलाएका हुन् ।

जसपा पर्साका नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गर्दै वीरगञ्जको घण्टाघर चोकमा अध्यक्ष यादवको पुत्ला जलाएका छन् ।

पर्साको क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद यादवलाई मन्त्रिपरिषद विस्तारहुँदा सामेल नगरिएको भन्दै उनका समर्थकहरूले पटक पटक वीरगञ्जलाई ढाट्दैँ आएको र अवसर पाएपछि आफ्ना पिछलग्गुलाई दिने गरेको आरोप लगाउदैँ अध्यक्ष यादवको विरुद्ध प्रदर्शन गर्दै पुत्ला जलाएका हुन् ।

कालो झन्डासहित सांसद यादव समर्थकहरूको मोटरसाइकल जुलुसले वीरगञ्ज नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!