अहिलेका


प्रदेश २ : डिआइजी रञ्जितकारका नाममा पैसा उठाउने महिला पक्राउ

जनकपुरधाम, ७ असोज ।

प्रदेश २ का प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारका नाममा पैसा उठाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

डिआइजी रञ्जितकारका नाममा पैसा मागेको अडियो सार्वजनिक भएपछि सर्लाहीकी सुशीला थापालाई पक्राउ गरिएको हो ।

डिआइजी उमेश रञ्जितकार

पक्राउ परेकी थापाले डिआइजी रञ्जितकारका नाममा प्रहरी स्कुल गरुडामा शिक्षक पदमा स्थायी गराइदिने भन्दै पैसाको बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भएको थियो ।

आरोपित महिलाले डिआइजी रञ्जितकारका नाम जोडेर व्यक्तिगत आर्थिक लाभ उठाउने उद्देश्यका साथ काम गर्न खोजेकाले उनलाई पक्राउ गरी हाल रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयमा राखिएको जनाइएको छ ।

आरोपित थापालाई थुनामा राखी थप अनुसन्धान भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले एक विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ परेकी महिलाउपर कसुरअनुसारको कानुनी कारबाही हुने प्रदेश २ प्रहरीले जनाएको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!